ब्रह्मपुरी । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरियामा करेन्ट लागेर आइतबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ निवासी नन्टुन पासवानका १३ वर्षीय छोरा आयुष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार दिउँसो गाउँकै हिरेन्द्र राउतको खेतमा मोटरबाट पानी लगाउन बिछ्याइएको नाङ्गो तारमा छुँदा बालकलाई करेन्ट लागेको हो ।
दिउँसो मौसम खुलेपछि खेतमा डुल्न गएका बेला असावधानीवश तारमा छुँदा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।