रौतहट । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका छन्।
यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पु¥याइएको थियो। त्यहाँबाट उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गएराति सवा ९ बजे बजेको समयमा यादवमाथि गोली प्रहार भएको र उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ। घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका प्रहरीले जनाएको छ।
यादवमाथि कसले किन गोली चलाएको भन्नेबारे अहिलेसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।