सर्लाहीमा कौडा खेलिरहेका ७ जना नगदसहित पक्राउ

लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिकाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंसिर ४ गते राति करिब ११:५० बजे (२३:५० बजे) ईश्वरपुर नगरपालिका–१, शंकरपुरस्थित हरिनारायण कुश्वारको घरमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का अन्दाजी ६३ वर्षीय पदम बहादुर लामा, वडा नं. ४ का अन्दाजी ५४ वर्षीय मन्त बहादुर गोले, वडा नं. २ का अन्दाजी ४२ वर्षीय नारायण खड्का र वडा नं. ४ का अन्दाजी ३३ वर्षीय मिलन गोले रहेका छन् ।

त्यस्तै, ईश्वरपुर नगरपालिका–४ का अन्दाजी ४७ वर्षीय हरिनारायण कुश्वार, सोही वडाका अन्दाजी ४३ वर्षीय शम्भु कटुवाल र वडा नं. ५ का अन्दाजी ३६ वर्षीय रुपेश कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न दरका नेपाली नगद रु. १ लाख ३५ हजार ४ सय २५ रुपैयाँ, ६ वटा कौडा र ३ थान मोबाइल फोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमले मंसिर ५ गते जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

सबै