सर्लाहीबाट १३ किलो गाँजासहित एक युवती पक्राउ

1595

सर्लाही : जिल्लाको सदरमुकाम मलंगवाबाट ढाकीमा लुकाएर भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा एक युवती पक्राउ परेकी छिन्। 

मलंगवा-९ की १८ वर्षीय पम्मी कुमारी आइतबार साँझ खेतमा खरानी छर्ने बहानामा ढाकी भित्र गाँजा राखी माथीबाट खरानीले छोपेर भारततर्फ लैजादैँ गर्दा पक्राउ परेकी हुन्।

उनको साथबाट १३ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गाँजासहित भारत कट्नै लागेकी युवतीले गस्तिमा प्रहरी देख्नासाथ ढाकी छाडेर भागेकी थिइन्।

प्रहरीले खरानीभित्रबाट दुईवटा गाँजाको पोका बरामद गरेपछि भागेको युवतीलाई स्थानीय धनराज साहको घरबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

Shares11