हाम्रो जनप्रतिनिधि कस्तो हुनुपर्छ ?

189

विशाल पौडेल : स्थानीय तहको निर्वाचन सकिए सँगै प्रत्येक पालिकाले आफना नयाँ जनप्रतिनिधि पाइरहेको परिप्रेक्ष्यमा अबको बहस भनेको ती जनताको मतबाट चुनिएर आएका जनप्रतिनिधिहरु कस्तो हुनुपर्छ ? उनिहरुले जनताको लागि कसरी काम गर्न सक्दछन्।

साँच्चिकै जनताको प्रतिनिधि भएर उनिहरुले गर्ने एक एक कामले भोलीका दिनमा कसरी ती जनताको मस्तिष्कमा प्रभाव छोड्न सक्दछ त ? उनिहरु पुन ठुलो मतान्तरले कसरी विजयी हुने त ? यि र यस्ता प्रश्नको जवाफ दिने प्रयास हामी यहाँ गर्ने छौं।

आम मानिसले बुझने भाषामा भन्दा जनताको प्रत्येक पलपलको दुख र सुखको साक्षि बनि म उनिहरुको हर पक्ष र पोषणको सेवामा तल्लिन रहन्छु भनी नेपालको संविधानको व्यवस्था बमोजिम सपथ गरी पदभार सम्हालेका प्रत्येक जनप्रतिनिधिले जनताको दुखमा कसरी काँधमा काँध मिलाएर र एकाकार भएर समस्या समाधानमा आफुलाई निपूर्ण साबित गर्न सक्दछन् त यहि हो अहिलेको मुलभुत जनप्रतिनिधिका कार्य । कुरा सानो छ तर ती बोलेका, दाबि गरिएका, कबोल गरिएका सबै भनाईहरु र वाचाहरु पुरा गर्ने अभिभाराको सम्बन्धमा कुनै पनि जनप्रतिनिधि भागेर जाने अथवा छुटकारा पाउने अवस्थाको सिर्जना हुनुहुदैन् । यदि त्यसो भएमा आम मतदाता र आम जनताको विश्वासमाथिको विश्वासघात र बेईमानी ठहर्छ।

सरसर्ती हेर्दा हाम्रा जनप्रतिनिधिज्यूहरुले महत्वाकांक्षी योजना भन्दा पनि जनताको दैनिकीसँग जोडिएका विकासका योजनाहरु लाई पूरा गर्ने कोसिस गरे उत्तम हुन्छ जसमा केहि कार्य यसरी पो गर्न सकिन्छ की…

१) किसानहरुलाइ विउविजन,मल,सिचाइको प्रबन्ध मिलाउन पहल गर्ने।

२) बिचौलियाद्वारा पिडित किसान हरु लाई बिचौलिया मुक्त गर्ने,किसान द्वारा उत्पादित कृषि उत्पादनको उचित बजार व्यवस्थापन, भण्डारण गर्न सहयोग गर्ने।

३) कृषिमा पेशामा लागेका किसानहरुलाइ उनीहरुको पेशामा लाग्न उत्पेरणा जगाउने खालका कार्यक्रम ल्याउने(जस्तो कृषि बिमा,पशु बिमा इत्यादि )

४) कृषिबजारहरुलाई अझ बिस्तार गर्न सहयोग गर्ने।

५) घरेलु तथा साना उद्योग सन्चालकहरुलाइ चाहिदो सहयोग गर्ने।

६) रोजगार मुलक उद्योगहरुलाइ प्रोत्साहन गर्ने ।

७) महिला सशक्तीकरणका कार्यक्रमहरु ल्याउने।

८) पिछडिएका समुह,गरिब दुखी ,अपांग,घाइते बालबालिका हरुलाइ निशुल्क शिक्षाको प्रबन्ध मिलाउने।

९)सीपमुलक कार्यक्रम हरुको आयोजना गर्ने।

१०)समग्र जिल्लालाई समुचित बिकास कसरी गर्न सकिन्छ भनेर सुझाब अथवा बिज्ञ टोली, समाजका भलादमी हरुको सल्लाहकार टोली गठन गर्ने

११) निजी विद्यालयहरुले मनपरि अभिभावकहरुलाई मार पर्ने गरि असुलेको चर्को शुल्कको अनुगमन गर्ने।

१२) स्थानीय सरकारले केन्द्र सरकारसँग समन्वय गरेर कालाबजारीयाहरुलाई तह लगाइ महंगी नियन्त्रणमा सहयोगी भुमिका निर्वाह गर्ने।

१३)नगरका शहरी एरिया( जस्तै बयलबास,लालबन्दी,हरिवन,हरिपुर अन्य ) लाई सुब्यबस्थित शहर बनाउन कार्ययोजना बनाउने।

१४) सरकारी विद्यालयहरुमा भइरहेको पठ्नपाठनको अनुगम र विद्यालयहरुको मुल्यांकन गरेर विद्यालयहरुलाइ पुरस्कृत गर्ने ।

१५) नगरलाइ सुव्यबस्थित बनाउन फोहोर मैला व्यवस्थापन गर्ने,ढल,बाटोघाटोको बिस्तार र विकास गर्ने।

१६) नगरमा भएका भ्रष्टाचारीलाई नलुकाइ(आफै पार्टीको वडा अध्यक्ष ,उपाध्यक्ष नभनी शून्य सहनशीलताको नीति अपनाइ)कडा कदम चाली कारबाही गर्ने।

१७) धार्मिक आस्थाका स्थानहरु (मन्दिर,मस्जिद,बौद्ध-गुम्बाहरुको ) संरक्षण गर्ने।

१८) निर्माणका कामहरु हुँदा आव्हान हुने टेण्डर गुणस्तरका मापदण्ड र समयमै काम गरेको रेकर्ड आधारमा राम्रो काम गर्नेलाइ दिने ।

१९)जेष्ठ नागरिकहरुको भत्ता,एकल महिला भत्ता सर्वसुलभ र झन्झट रहित बनाउने।

२०)उद्योगी,व्यापारी हरुको जनधनको सुरक्षाको प्रबन्ध मिलाउने।

२१) नगरका (खासगरी उत्तरी भेगका जस्तै ईश्वरपुरको घारिबथान,लालबन्दीको भालुखोप) बस्तीहरुमा हिउँदमा हुने चरम खानेपानी समस्याको समाधान गर्ने।

२२) नगरलाइ बाताबरण मैत्री बनाउन नगरले आम नागरिकलाइ प्रेरित गर्ने,बोटबिरुवा रोप्ने।

२३)सागरनाथ परियोजना लगायत नगरले चर्चेको वनजंगल बाट अबैध हुने चोरी निकासी रोक्ने।

२४) नगरका खोलानाला लगायतका स्थानहरुबाट भइरहेको अनाधिकृत नदिदोहन रोक्ने।

२५) सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने गरिव छात्राहरुलाइ निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने।

२६) सामुदायिक विद्यालयमा अध्ययनरत मेघावी विद्यार्थीलाई नगरले छात्रवृत्ति कार्यक्रम ल्याउन।

२७) नगरले गरेका हरेक विकासका काममा अन्य दल लगायत आम नागरिक लाई अवगत र सहभागी गराउने।

२८) महिला हिंसा अन्त्य गर्न भुमिका खेल्ने।

२९) दाइजो प्रथा लगायतका अन्य कुप्रथाहरुलाई निरुत्साहित गर्ने।

३०) गाउँघर तिर रहेका प्रतिभाशाली खेलाइहरु सम्बन्धित खेलकुदका सामाग्री उपलब्ध गराउने, खेलप्रति उत्प्रेरणा जगाउने खालका कार्यक्रमहरु ल्याउने।

३१)नगरमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गर्ने।

३२) गरिब तथा सहायका लागि नि:शुल्क औषधोपचारको प्रबन्ध मिलाउने।

३३) नगरका सबै गाउँ-बस्तीमा छिटोछरितो र सर्वसुलभ एम्बुलेन्स सेवा उपलब्ध गराउने।

यसका साथसाथै निर्वाचित जनप्रतिनिधिले ती आम मतदाता जसको एक एक मतमा रहेका विश्वासको सम्बन्ध र आफनोपनलाई सदाबहार राख्नका लागी जनताको निकटतम् साथी बनी हरदम कार्य गरे आबधिक निर्वाचनको उद्देश्य तथा स्थानीय सरकारको कल्पनाले सार्थकता पाउने थियो।

Shares51