सर्लाही : शिक्षक सेवा आयोगले निम्म माध्यमिक तहको गणित – विज्ञान विषयको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले २०७८ चैत्र १७ र २०७९ असार ११ गते लिएको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सावजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार ७ प्रदेशका लागि ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् । मधेश प्रदेशमा २० शिक्षक माग गरिएकामा ८ जनाले परीक्षा दिएका थिए तर, कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन् ।
प्रदेश १ २४, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा पाँच, लुम्बिनीमा ५ जना, कर्णालीमा ७ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना उतीर्ण भएको आयोगले जनाएको छ । आयोगका अनुसार लिखित परीक्षामा उत्तीर्ण भएकाहरूकाे अन्तर्वार्ता मंसिर २८ गते हुनेछ ।