सर्लाहीमा म्याजिक भ्यान दुर्घटना, चालकको अवस्था गम्भीर

हरिवन: सर्लाहीमा म्याजिक भ्यान दुर्घटना चालक गम्भीर घाइते भएका छन्।

मंगलबार राति११ बजे बरहथवा-नयाँरोड सडकखण्डमा पर्ने मूर्तिया जंगलमा बरहथवाबाट नयाँरोडतर्फ आइरहेको ना १ ज ६८१० म्याजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा म्याजिक चालक सर्लाही लालबन्दी नगरपालिका- ६ घर भएका १८ वर्षीय सुदीप बिसुङ्खे घाइते भएका छन्। उनको अवस्थागम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीको रात्रि गस्ती टोलीले म्याजिक दुर्घटना भएको अवस्थामा फेला पारेको जनाएको छ। अचेत अवस्थामा फेला परेका चालकलाई उपचारका लागि प्रहरीले बरहथवा अस्पताल पुऱ्याएको छ।

म्याजिकभित्र भने अन्य यात्रु नरहेका प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै