लालबन्दी : दुर्घटनापछि फरार मिनी ट्रक चालक पक्राउ

लालबन्दी : सर्लाहीको लालबन्दीमा असोज १५ गते भएको सवारी दुर्घटनामा महिलाको मृत्यु गराई फरार मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिन सफल भएको छ।

१५ गते राति ११ बजेतिर लालबन्दी-९ स्थित पूर्व-पश्चिम राजमार्गमा भएको दुर्घटनामा हरिवन नगरपालिका वडा नम्बर ११ की २१ वर्षीय युवती अप्सरी खातुनको प्रदेश-१-०१-००१ ख. ३९४८ नम्बरको ६ चक्के मिनी ट्रकको ठक्करबाट मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएकी खातुनको उपचार क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो।

उक्त दुर्घटनापछि फरार इलाम सूर्योदय नगरपालिका-१ का ३७ वर्षीय जितबहादुर राईलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

घटनास्थल नजिकबाट उपलब्ध सिसिटिभी तथा अन्य तथ्यहरूको अध्ययनपछि उक्त दुर्घटनामा संलग्न चालक र उनले चलाएको सवारीसाधन नियन्त्रणमा लिन सफल भएको लालबन्दीका प्रहरी इन्स्पेक्टर सुजन पाठकले बताए।

सम्बन्धित समाचार

सबै