लालबन्दी बजारमा रवि लामिछानेको समर्थनमा प्रदर्शन

लालबन्दी : सर्लाहीको लालबन्दीमा आज सोमबार रवि लामिछानेको समर्थनमा प्रदर्शन भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी लालबन्दी नगर कमिटीको अगुवाइमा कार्यकर्ताहरूले सरकारको विरोध गर्दै लालबन्दी बजारदेखि जनज्योति क्याम्पसचोक परिक्रमा गरेको थियो। साथै प्रदर्शन इलाका प्रहरी कार्यालय अगाडि कोणसभा कार्यक्रम गरी सकिएको थियो।

प्रदर्शनमा सहभागीहरूले केपी ओली चोर, देश छोड, ओली तेरो पाराले दुःख पायो साराले, सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो, आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ लगायत नारा लगाएका थिए। उनीहरूले आफ्ना पार्टी सभापतिलाई फसाइएको र प्रधानमन्त्री केपी ओलीले प्रतिशोध राजनीति गरेको आरोप लगाए।

लालबन्दीस्थित पार्टी कार्यालयबाट शुरु भएको र्‍याली क्याम्पस चोकसम्म पुगेर इलाका प्रहरी कार्यालय लालबन्दी अगाडि पुगेर कोण सभा गरेको थियो।

प्रदर्शनमा सहभागी लालबन्दी नगरपालिका वडा १७ का वडासभापति पवन भट्टराईले आफ्ना अध्यक्षमाथि राज्यले दमन गरेको र पार्टी सिध्याउन प्रतिशोधको राजनीति गरेको बताए। उनले भने, रवि लामिछाने सहकारीको कुनै प्रकरणमा मुछिएका छैनन्, रविले न्याय नपाउन्जेल हामी सडकमा यसरी उत्रिनेछौँ।

सर्लाहीकै सदरमुकाम मलंगवा पनि हिजो रास्वापा समर्थकहरूले पार्टी सभापतिको समर्थनमा र्‍याली निकालेका थिए।

सम्बन्धित समाचार

सबै