धनुषामा एक महिलाको विभत्स हत्या, टाउको खोलामा शरीर खेतमा भेटियो

धनुषा : धनुषामा एक महिलाको विभत्स हत्या भएको छ।

विदेह नगरपालिका–५ मुरिबा टोलकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो। धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

रामपरीको टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा भेटिएको छ। टाउको छिनाएको उनको शव नग्न अवस्थामा घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको छ। टाउको भने कमला नदीको नहरमा भेटिएको छ।

हत्या भएकी रामपरीका श्रीमान् लामो समयदेखि वैदेशिक रोजगारीमा छन्।

मृतकका कान्छो छोराका अनुसार मंगलबार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन्। अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो। तर त्यसको भोलिपल्ट रामपरीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै