भारतमा उपचार गराएर फर्किएका बसबरिया गाउँपालिका-३ का वडाध्यक्षको निधन

हरिवन : सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ।

कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो। भारतको दिल्लीमा उपचार गराएर घर फर्किएका महतोलाई पुनः स्वास्थ्य समस्या बढ्न थालेपछि एक महिनाअघि भरतपुर लगेर अस्पताल भर्ना गरिएको थियो।

२०७२ र २०७९ सालको निर्वाचनमा लगातार दुई पटक नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित महतो २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समितिको अध्यक्ष भएका थिए। 

महतोको शव भरतपुरबाट अहिले बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको छ। 

वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले आज बिहीबार एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष राम सिंहासन रायले आज गाउँपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थालगायत गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने बताए।

सम्बन्धित समाचार

सबै