लालबन्दी : सर्लाहीको ईश्वरपुर नगरपालिकामा मोटरसाइकलहरू आपसमा जुध्दा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
नगरपालिका-७ बयलवासमा गएसाँझ दुई वटा मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
बयलवास-बबरगन्ज सडक अन्तर्गत बयलवासबाट खोरिया टोलतर्फ जाँदै गरेको बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
उक्त दुर्घटनामा ना३९प ७१६८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।
त्यसै दुर्घटनामा बीआर ३० एफ ८८५६ नम्बरको अर्को मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–९ खोरिया टोल बस्ने ३७ वर्षीय सुशीलकुमार राय दनुवार भने घाइते भएका छन्। उनलाई बयलबासकै सिद्धिविनायक अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ।
मृतकको शव भने पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।