तीन किलोभन्दा बढी गाँजासहित महोत्तरीबाट एक महिला पक्राउ

गोडैता : महोत्तरीमा लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ परेकी छिन्।

गौशाला नगरपालिका-४ रजखोरटोल बस्ने ४० वर्षीया विभादेवी महतोलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

आफ्नै घरमा गाँजाको पुरिया बनाइ बिक्री गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो।

प्रहरीलाई देख्नासाथ घरबाट रातो रंगको जेब्रा झोला लिइ उनी भाग्न खोजेकी थिइन्। तर उनलाई पक्राउ गर्न सफल भएको महोत्तरी प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा कालो रंगको प्लाष्टिकको झोलामा लुकाएर राखेको ३ किलो २५० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

पक्राउ परेकी महतोमाथि थप अनुसन्धानको काम अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै