मलंगवामा विद्यालयस्तरीय यु-१६ क्रिकेट प्रतियोगिता हुने

मलंगवा : सर्लाही क्रिकेट संघको आयोजनामा मलंगवामा यु-१६ स्कुलस्तरीय प्रतियोगिता हुने भएको छ।

माघ १ गतेदेखि मलंगवा नगरपालिका वडा नम्बर २ स्थित कभर्ड हलमा प्रतियोगिता आयोजना हुने सर्लाही क्रिकेट संघले जनाएको छ।

लिग म्याचको शैलीमा खेलाइने प्रतियोगितामा सहभागिता जनाउन पुस २१ गतेसम्म इन्ट्री गराउनुपर्ने छ।

इन्ट्री फी भने पाँच हजार रुपैयाँ राखिएको छ।

प्रतियोगितामा उत्कृष्ट खेल देखाउने खेलाडीलाई जिल्लामा हुने यु-१६ खेलमा विशेष प्राथमिकता दिइने आयोजक संघले जनाएको छ।

प्रतियोगितामा सहभागी विद्यालयबाट कम्तीमा एक जना शिक्षक अनिवार्य उपस्थित हुन पनि भनिएको छ।

सम्बन्धित समाचार

सबै