सिन्धुलीमा आफ्नै छोराको हत्या आरोपमा बाबु पक्राउ

लालबन्दी : सिन्धुलीमा आफ्नै छोराको हत्या गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छ्न्।

४९ वर्षीय छोरा लिलाबहादुर पुर्कोटी सार्की (माइला) को हत्या गरेको अभियोगमा प्रहरीले हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय बुबा डोमान सिंह सार्कीलाई शनिबार राति पक्राउ गरेको हो।

घरायसी विवादमा डोमान सिंहले गल (खन्ती) ले प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले आरोपी बुवालाई घरबाटै पक्राउ गरेको हो।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै