मधेश प्रदेशका स्वास्थ्यमन्त्री सवार गाडी दुर्घटना, ड्राइभरसहित ३ जना घाइते

जनकपुरधाम : मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ।

प्रदेशको राजधानी जनकपुरधामको रामानन्द चोकमा सोमबार बेलुकी मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको हो।

मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

पिरारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई सोही दिशामा जाँदै गरेको अर्को गाडीले ठक्कर दिएको डिएसपी सिंहले बताए।

दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएका र उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। तर अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

सम्बन्धित समाचार

सबै