नेहा चौधरीका श्रीमान् डा. पंकज जेलमुक्त

59

सर्लाही : दाइजो मुद्दाका आरोपी डा.पंकज चौधरी रिहा भएका छन्।

दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका-५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका थिए।

दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी महोत्तरीकी औरही नगरपालिका-१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन्।

डा. चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर छाड्न आदेश दिएको थियो।

सोहीबमोजिमको धरौटी बुझाएर उनी आज जेलमुक्त भएका हुन्।