सर्लाहीबाट नक्कली नोटसहित भारतीय युवक पक्राउ

ईश्वरपुर : सर्लाहीबाट नक्कली नोटसहित भारतीय युवक पक्राउ परेका छ्न्।

ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट नक्कली भारतीय मुद्रासहित एक युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

नक्कली भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारतको सीतामढी पुरान्दा राजवाडा-९ का २७ वर्षीय मुकेशकुमार सोनी पक्राउ परेको हुन्।

बरामद नोट र पक्राउ परेका सोनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै