लालबन्दी : गोलभेँडामा विषादी भेटिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार परीक्षण गरेको तरकारीमध्ये सर्लाही क्षेत्रमा उत्पादित गोलभेँडामा विषादी भेटिएको हो ।
समितिले २० वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा सर्लाहीको दुई गोलभेडाका नमुनामा विषादी पाइएको हो । गोलभेँडामा ७२.७५३ प्रतिशत र अर्को ८३.६५९ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
यसअघि पनि समितिले सर्लाहीबाटै गएका सिमी बोडीजन्य तरकारीमा अत्यधिक विषादी भेटिएको बताएको थियो ।