सर्लाही : अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति आउँदै छ।
अमेरिकी प्रशासनका अनुसार ६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो। यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ।
डिभीको रिजल्ट https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिन्छ। नतिजा हेर्न आवेदन भर्दा प्रयोग गरेको आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्छ।