डिजेल र मट्टीतेलको मूल्य घट्यो

29

काठमाडौं : डिजेल र मट्टीतेलको मूल्य एक लिटरमै १० रुपैयाँले घटाएको छ।

आज (सोमबार) बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

यससँगै डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ।

यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो। 

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। 

Share1