बलरा : सर्लाहीको बलरामा एक बेवारिसे शव फेला परेको छ ।
हिजो आइतबार बलरा नगरपालिका–१०, सुदामास्थित मनुष्मारा खोला नजिकै लिंगसमेत खुल्न नसकेको शवको पहिचानसमेत खुल्न बाँकी रहेको शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार उक्त शव केही दिनअघिको पुरानो भइसकेकाले पहिचानमा समस्या भएको बताए ।
स्थानीय गाउँलेले ब्यारेजभित्र सड्न थालिसकेको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनास्थलको प्रकृति मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको सिंहले जानकारी दिए ।
बक्स पाइन्ट र टि–सर्ट लगाएका अवस्थामा फेला परेको शव शवको पहिचान खुलाउन मातहतका प्रहरी युनिटमा पत्राचार तथा नजिकका गाउँमा सोधखोजको कार्य थालिएको उनले जानकारी दिए ।