आज जेठ ११ गते बिहिबार : हेर्नुहोस् तपाईंको राशिफल

102

मेष- व्यवसायबाट लाभ हुनेछ। यात्राबाट फाइदा हुनसक्छ। साथीभाइको साथ सहयोग मिल्नेछ।

वृष- नयाँ कार्ययोजना बन्न सक्छ। धार्मिक यात्रा हुनेछ। आर्थिक अभावले सताउनेछ। आजको दिन मध्यम छ।

मिथुन- मनमा निराशा उत्पन्न हुनसक्छ। सकारात्मक सोच राखेर काम गर्दा फाइदा हुनेछ। अनावश्यक विवादमा परिएला।

कर्कट- अनावश्यक खर्च बढ्नेछ। दान, पुण्यका कार्यमा सरिक हुनुपर्नेछ। आँटेको कार्य पूरा हुनेछ।

सिंह- आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। परिवारका साथ मिष्ठान्न भोजनको अवसर जुर्नेछ।

कन्या- अध्ययन अध्यापनबाट फाइदा मिल्नेछ। मनमा शान्ति प्राप्त हुनेछ। अरूलाई समय दिँदा ख्याल गर्नुपर्नेछ।

तुला- आजको यात्रा कार्यमूलक हुनेछ। शुरु गरिसकेको काममा मिहिनेतपूर्वक लाग्नुहोला। रचनात्मक काममा मन जानेछ।

वृश्चिक- आर्थिक व्यय हुने सम्भावना छ। घरायसी काममा दिन बित्नेछ। रमाइलो यात्राको सम्भावना छ।

धनु- तपाईंले सोचेअनुसारको काम हुनेछ। आफन्त र परिवारजनबाट साथ सहयोग मिल्नेछ। सामाजिक कार्यबाट सकारात्मक ऊर्जा मिल्नेछ।

मकर- कामबाट मान सम्मान प्राप्त हुनेछ। सकारात्मक सोच राखेर काम गर्दा राम्रो। आफ्नो नित्य कर्म यात्रामा निरन्तर लागिरहनु होला।

कुम्भ- दाम्पत्य जीवन सुखद रहनेछ। कसैलाई गरेको सहयोगबाट मनमा हर्ष छाउने छ। मौन रहनु तपाईंको लागि शुभ हुनेछ।

मीन- सामाजिक सेवामा मन जानेछ। सिर्जनात्मक लेखनका काममा मन जानेछ। आजको दिन ध्यान, जप गर्दा आत्मिक शक्ति वृद्धि हुनेछ।