सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु

बसबरिया :  सर्लाहीको बसबरिया गाउँपालिका ६ मनटोलमा ट्रयाक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

हिजो दिउँसो करिब १ बजेतिर स्थानीय ६५ वर्षीय अमिरी पासवानलाई माटो पुर्ने क्रममा ज १ त ९५६४ नम्बरको ट्रयाक्टरको पछाडिको भागले ठक्कर दिएको हो ।

आँगनमा माटो पुर्दै गर्दा ट्रयाक्टरमा जडान गरिएको टेलर ब्याक गर्दा टाउकोमा गम्भीर चोट लागेका पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र ट्रयाक्टरलाई घटनास्थलमै सुरक्षित राखिएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक भने फरार भएका छन् । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय हीरापुरबाट करिब ४ किलोमिटर पूर्वमा पर्छ ।

सम्बन्धित समाचार

सबै