काठमाडौंमा स्कुलभित्र भ्यान दुर्घटना : सर्लाहीकी विद्यार्थीको मृत्यु

लालबन्दी : काठमाडौंको कलंकीस्थित स्कुलभित्र एउटा भ्यान दुर्घटना हुँदा भ्यानको एक विद्यार्थीको मृत्यु भएको छ । पाँच विद्यार्थी घाइते छन् ।

ईडीआईएफवाई स्कुलभित्र पोलमा ठोक्किएर ईभी भ्यान दुर्घटनामा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामा सर्लाही स्थायी घर भई कुलेश्वर बस्ने ९ वर्षीया सोनाक्षी यादवको उपचारको क्रममा सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामा सर्लाहीको लालबन्दी स्थायी घर भएकी आठ वर्षीया रेश्मा मोक्तान, रामेछापकी ९ वर्षीया नेसिया थापा, कीर्तिपुरकी नाै वर्षीया निशिका डंगोल, मकवानपुरकी ११ वर्षीया सिमरन खडका, गुल्मीकी नाै वर्षीया प्रेमिसा घर्तीमगर घाइते भएका छन्।

सो विद्यालयका प्रध्यानाध्यापक तनहुँ स्थायी घर भएका ४६ वर्षिय सुरज पोख्रेल तथा गाडीचालक धनुषाका ६० वर्षिय हर्कबहादुर कार्की पनि घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । कंलकीकै नेपाल नेसनल अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै