पर्सा : आफ्नै १३ वर्षीया छोरीलाई ४ लाख ८० हजारमा बेच्ने बुवा पक्राउ

पर्सा : पर्सामा १३ वर्षीया नाबालिकालाई आफ्नै बुवाले एक भारतीयलाई चार लाख ८० हजार रुपैयाँमा बिक्री गरी बाल, अनमेल तथा अन्तरजातीय विवाह गरिदिएको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरिया नगरपालिका घर भएकी पूजा (नाम परिवर्तन) लाई उनका बुवा भरत (नाम परिवर्तन) ले एक भारतीय नागरिकलाई यसरी विवाह गरिदिएको आरोप छ । भारत बिहार सुगौलीका ५० वर्षीय पुरुष विदुर रहेको र उनले दोस्रो विवाह गर्नका लागि यसरी नाबालिकाका बुवालाई रकम दिएको दाबी छ ।

बालिकाका हजुरबुवा आफैंले इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालयमा यस्तो दाबीसहितको उजुरी दिएपछि प्रहरीले भरतलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

विवाह गरेका भारतीय पुरुषविरुद्ध आफ्नी जेठी पत्नीको हत्या गरेको अभियोगसमेत रहेको दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नाबालिकाका ३४ वर्षीय बुवालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको छ ।

उनलाई बिहीबार पर्सा जिल्ला अदालतमा बाल विवाहसम्बन्धी कसुरमा उपस्थित गरी पाँच दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् । -कान्तिपुरबाट

सम्बन्धित समाचार

सबै