मलंगवा : सर्लाहीको मलंगवा नगरपालिका–८ बाट नाइट्राजेपाम १७ ट्याब्लेटसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–८ बस्ने २७ वर्षीय विवेक चौलागाई र २६ वर्षीय लक्ष्मण बम्जन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
बुधबार साँझ प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा. ६६ प १५७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।