मलंगवाको नालामा भर्खर जन्मिएको शिशुको शव फेला, कसले फाल्यो ?

152

सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा नालाभित्र नवजात शिशुको शव फेला परेको छ।

मलंगवा नगरपालिका-९ स्थित ओम पेट्रोल पम्प नजिक नालाभित्र तैरिरहेको अवस्थामा भर्खरै जन्मिएको नवजात शिशु (छोरा) को शव फेला परेको प्रहरीले जनाएको छ। 

मंगलबार साँझ नालामा पानी घटेका बेला नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरी बोलाएका थिए। 

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको जनाएको छ। 

प्रहरीले भने अवैध सम्बन्धबाट उक्त शिशु जन्मिएको हुन सक्ने र थप अनुसन्धान भइरहेको बताएको छ।