महोत्तरीमा ट्रकले ठक्कर दिँदा सर्लाहीका स्कुटर चालकको मृत्यु

लालबन्दी : महोत्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

बर्दिबास नगरपालिका–१० वनपथ चोकस्थित सडकमा प्र–२–०३–००१ ख ६४६१ नम्बरको ट्रकले म.प्र ०२–००८ प ६८३४ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सर्लाही लालबन्दी नगरपालिका–९ बस्तीपुर क्याम्पस चोक बस्ने ३८ वर्षीय नरकुमार आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै