सर्पले डसेर लालबन्दीकी ६० वर्षीया वृद्ध महिलाको मृत्यु

652

लालबन्दी : सर्लाहीमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ।

जिल्लाको लालबन्दी नगरपालिका-१० मा गएराति २ बजेको समयतिर ती महिलालाई डसेको थियो। सर्पको डसाइबाट ६० वर्षीया इन्द्रमाया श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठलाई राति घरमा सुतेकै अवस्थामा सर्पले डसेको र तत्काल उपचारका लागि नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

महिलाको शव परीक्षणका लागि जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। सर्लाहीमा गर्मी बढेसँगै सर्पको डसाइबाट ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ।