आफू सरकारमा हुँदा रकम निकासा नगर्ने नेताहरु नै उखु किसानको आन्दोलनमा

गोडैता : उखु किसानहरू आन्दोलनमा उत्रिएपछि किसानको पक्षमा काम नगरेका नेताहरू पनि माइतीघर मण्डलामा आएर ऐक्यबद्धता देखाउन थालेका छन्।

सरकारले दिनुपर्ने अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँमा झारेपछि विभिन्न माग राख्दै उखुकिसानहरू ४ दिनदेखि मण्डलामा आन्दोलनरत छन्।

सरकारले आफ्नो माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन्। यसरी उखु किसानहरूको आन्दोलन चर्किने देखिएपछि पटक पटक प्रदेश र केन्द्रीय सरकारमा रहेका राजनीतिक दलका नेताहरू अहिले उखु किसानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाउन पुगेका हुन्।

विगतमा सत्तामा हुँदा तिनै नेताहरूले उखुकिसानले पाउनुपर्ने रकम रोक्दै आएका थिए। त्यस्ता नेताहरू माइतीघरमा पुगेर उखुकिसानको पक्षमा चर्को भाषण गर्ने गरेका छन्।

सम्बन्धित समाचार

सबै