सडक बिचको खाडलमा खसेर बालकको मृत्यु

100

लालबन्दी : जनकपुरमा सडकबीचको खाडलमा खसेर एक बालकको मृत्यु भएको छ।

सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगरपालिका-२५, लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहनको बालकको मृत्यु भएको हो।

रोहन शुक्रबार बिहान साढे ६ बजेतिर खेल्नका लागि घर बाहिर निस्केका थिए। परिवारका सदस्यहरुले उनलाई खाडलभित्र मृत अवस्थामा फेला पारेका थिए।