सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

1663

लालबन्दी : सर्लाहीमा आज (सोमबार) दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको मलंगवा नगरपालिका-४ निवासी रामदर्शन पासवानकी ४ वर्षीया छोरी नन्दनीको नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको छ। ठक्कर दिने मोटरसाइकलसहित चालक फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।