कुटपिटबाट एक युवकको मृत्यु, तीन जना घाइते

46

रुपन्देही :  रुपन्देहीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

जिल्लाको तिलोत्तमा नगरपालिका-९, केउलानीमा गएराति कुटपिटबाट मकवानपुरको हेटौंडाका २४ वर्षीय सुरेश स्याङताङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुई समूहबीच झडप भएको थियो। झडपमा परी तीन जना घाइते भएका छन्। प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको मेडिकल कलेजमा उपचार भइरहको छ।