सर्लाही–३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका विनोद खनाललाई समर्थन

बागमती । राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएका छन्।

सर्लाही क्षेत्र नं.३ बाट दिएको उम्मेदवारी उनले फिर्ता लिएको घोषणा गरेका हुन्।

दाहालले सर्लाहीको बागमतीमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार खनाललाई समर्थन गर्ने बताएका हुन्।

राजेन्द्र महतो नेतृत्वको पार्टीबाट ‘जाँतो’ चुनाव चिह्नमा उम्मेदवारी दिएका दाहालले आफू र आफ्नो पार्टीको सम्पूर्ण टिम कांग्रेस उम्मेदवार खनालको पक्षमा उभिने स्पष्ट पारे।

‘मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु, अब म र मेरो पार्टीको तर्फबाट कांग्रेस उम्मेदवार विनोदकुमार खनाललाई पूर्ण समर्थन रहनेछ,’ दाहालले भने।

कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार खनालले दाहालको निर्णयप्रति आभार व्यक्त गर्दै यसले लोकतान्त्रिक शक्तिहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार

सबै