सव–इन्जिनियर हत्या प्रकरणः सीमा नाकाबाट दुईजना पक्राउ

लालबन्दी । सर्लाहीमा सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्यामा संलग्न आरोपमा प्रहरीले नेपाल–भारत सीमानाबाट दुईजनालाई पक्राउ गरेको छ । फागुन ३ मा साँझ गोली प्रहार बाट सव–इन्जिनियर यादवको हत्या भएको थियो । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवलाई दुईजना मानिसले घर बाहिर बोलाएर गोली प्रहार गरेका हुन् ।

हत्यामा संलग्न दुईजना आरोपीलाई पक्राउ गरिएको मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले रातोपाटीलाई बताए । उनले भने, ‘आरोपीहरुलाई सीमा नाकाबाट पक्राउ गरेर घटनाबारे सोधपुछ भइरहेको छ ।’ पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

भेट्न बोलाएपछि बाहिर निस्कँदा हत्यामा संलग्नहरुले उनको छातिमा गोली प्रहार गरेर भागेका थिए । नेपाल इन्जिनियर्स एशोसिएसनले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर हत्यारालाई तत्काल पक्राउ गरेर कारवाही गर्न माग गरेको थियो ।

सव–इन्जिनियर यादवको हत्याबारे मधेश प्रदेश प्रहरी कार्यालय र बिरगञ्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालयका अधिकृतहरुले अनुसन्धान गरेका थिए ।

सम्बन्धित समाचार

सबै