लालबन्दी । कलाकार विजय बरालले आज आफ्नो मतदान अधिकार प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत ‘आजको मत, भोलिको परिवर्तन’ भन्दै परिवर्तनको कामना गरेका छन् । उनले सर्लाहीको लालबन्दी नगरपालिका, निर्वाचन क्षेत्र नम्बर १ बाट मतदान गरेका हुन् ।
मतदानपछि बरालले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘आजको मत, भोलिको परिवर्तन । आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरेँ । मेरो सानो मतले ठुलो परिवर्तन ल्याओस् ।’
बरालले आफ्नो मतले समाजमा सकारात्मक प्रभाव पार्ने र ठुलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो जिम्मेवारी पूरा गरेकोमा सन्तुष्टि पनि व्यक्त गरेका छन् ।