मलंगवा । सर्लाहीमा हालसम्म ५० प्रतिशत मत खसेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीमा ५० प्रतिशत मत खसेको हो । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले जानकारी दिए । सर्लाहीमा चार वटा निर्वाचन क्षेत्र छन् ।
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अमरेशकुमार सिंह मुख्य प्रतिस्पर्धामा छन् ।
कुल ६ सय २८ वटा मतदान स्थल रहेको सर्लाहीमा पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् ।