सर्लाहीमा कांग्रेस नेता सिन्हामाथि आक्रमण

बलरा । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा.कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।

आइतबार दिउँसो करिब १२ : १० बजे बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय नेता नवीन कुशहवाले जानकारी दिए ।

डा.सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा अज्ञात समूहले गाडीमाथि आक्रमण गरेको हो । कांग्रेसले सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद अमरेशकुमार सिंहका समर्थकले आक्रमण गरेको जनाएको छ ।

आक्रमणबाट घाइते भएका डा.कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसले जनाएको छ। घटनाप्रति कांग्रेस सर्लाही–४ ले आपत्ति जनाएको छ । प्रहरीले भने यो विषय सञ्चारमाध्यममा आए पनि औपचारिक रूपमा जानकारीमा नआएको बताएको छ ।

सम्बन्धित समाचार

सबै