सर्लाहीमा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

हरिवन । सर्लाहीको बागमती नगरपालिका–२ धरहरा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ।

मंगलबार साँझ करिब ५:४५ बजे नयाँ रोडबाट बरहथवा तर्फ जाँदै गरेको बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ७५ वर्षीय हरि बहादुर अधिकारीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई तत्काल उपचारका लागि वीरगञ्जतर्फ पठाइएको थियो। पछि थप उपचारका लागि बारास्थित एल.एस. न्युरो अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले साँझ ७:२५ बजे मृत घोषणा गरेका हुन्।

मोटरसाइकल र चालकल गोडैता नगरपालिका–२ बस्ने २० वर्षीय शिवम कुशवाहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै