बागमती । सर्लाही प्रहरीले बागमती नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बागमती नगरपालिका-८ का ३० वर्षीय अरुण लामा र धनुषा जिल्लाको धनुषाधाम नगरपालिका-७ का ३० वर्षीय सनम लामा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार मंगलबार गोप्य सूचनाका आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट सोल्टी बजार र इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले अरुण लामाको घरमा छापा मारेको थियो।
छापा मार्ने क्रममा लामाको घरबाट लुकाई छिपाई राखेको १० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ, भारतीय ९०० रुपैयाँ, नेपाली २३ हजार ७७० रुपैयाँ र तीन थान मोबाइल बरामद भएको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए।
पक्राउ परेका दुवै जना विरुद्ध जिल्ला अदालतबाट लागूऔषध मुद्दामा सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।