बरहथवा । सर्लाहीको बरहथवामा बयलगाडाले किचेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा आज (आइतबार) मृत्यु भएको छ।
शनिबार भएको उक्त घटनामा बरहथवा नगरपालिका–१६ निवासी ९ वर्षीय सुभास कुम्हालको वीरगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
जिल्ला प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार, शनिबार स्थानीय खैरु पण्डितले चलाएको बयलगाडाले किचेर सुभास गम्भीर घाइते भएका थिए।
घटनालगत्तै बालकलाई बरहथवास्थित नगर अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल रिफर गरिएकोमा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ