नवलपुर गोरुबजारबाट लागु औषधसहित एक जना पक्राउ

लालबन्दी । लालबन्दी नगरपालिका–१, नवलपुर गोरूबजारबाट प्रहरीले नियन्त्रित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–२ निवासी ३५ वर्षीय संजिव कुमार केसी रहेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बा.५२ प ३३०५ नम्बरको मोटरसाइकलमा सवार केसीलाई जाँच गर्ने क्रममा नाइट्राजेपाम २० ट्याब्लेट बरामद गरेपछि पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउपछि गरिएको थप अनुसन्धानका क्रममा केसीले आफ्नै घर पछाडिको खेतमा समेत लागुऔषध लुकाएर राखेको खुलेको थियो। त्यसपछि प्रहरीले उक्त स्थानमा खानतलासी गर्दा नाइट्राजेपाम थप २१८ ट्याब्लेट र स्पास्मो १४४ ट्याब्लेट बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै