लालबन्दी : आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो। अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार उपचारकै क्रममा गएराति उनको निधन भएको हो ।
अस्पतालका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग गम्भीर रूपमा जलेको थियो, जसका कारण उनको अवस्था अत्यन्तै जटिल बनेको थियो।
मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनापछि स्थानीयले उद्धार गरी प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
योसँगै केही दिनको फरकमा आत्मदाह प्रयास गरेका तीन जनाको मृत्यु भएको छ ।