काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शुक्रबार दिउँसो पाँच वटा सवारी साधन आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीका अनुसार सुकेधाराबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बिआर–०६ डिडि ६०६३ नम्बरको भारतीय कार र विपरीत दिशाबाट आउँदै गरेको बा.२ ज ३५७८ नम्बरको ट्याक्सी सुरुमा आपसमा ठोक्किएका थिए ।
कार र ट्याक्सी ठोक्किए लगत्तै सुकेधारातर्फ जाँदै गरेका अन्य तीनवटा मोटरसाइकल पनि आपसमा ठोक्किएका हुन् । दुर्घटनामा बागमती प्रदेश–०२–०६८ प १०५६, बा.७३ प ३७२३ र लु.११ प
४९७५ नम्बरका मोटरसाइकल संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा:
१. ऊर्जा लामा (४१ वर्ष, ट्याक्सी चालक) – खाँडादेवी, रामेछाप
२. बिक्की साह (३४ वर्ष) – सर्लाही
३. विष्णु माया खापुङ (५७ वर्ष) – तेह्रथुम
४. कुन्ती माया लिम्बु (६५ वर्ष) – टोखा, काठमाडौँ
५. नियोजित साह (१८ वर्ष) – बागमती नगरपालिका, सर्लाही
६. पार्वती तामाङ (२६ वर्ष) – उदयपुर
७. जीवन राना (२२ वर्ष) – नवलपरासी
८. विनोद थापामगर (२५ वर्ष) – नवलपरासी
९. शिवानी शाही (१५ वर्ष) – बैदनाथ नगरपालिका–५, बाँके
१०. सुशान्त शाही (१० वर्ष) – बैदनाथ नगरपालिका–५, बाँके
घाइते सबै जनाको हाल अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा ट्राफिक प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।