हरिवनका ११ वटै वडामा जनसुनुवाइ गरेका सांसद साहले स्थानीयका कस्ता कस्ता समस्या सुने ?

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र साहले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत हरिवन नगरपालिकाका ११ वटै वडाका स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा जनसुनुवाइ गरेका छन् ।

साउन १३ गते आयोजित निर्वाचन क्षेत्र भेटघाट तथा जनसुनुवाइ कार्यक्रममा सहभागी हुँदै सांसद साहले वडा नम्बर १ देखि ११ सम्मका नागरिकसँग शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, मलखाद, सडक, खानेपानी, विद्युत्, रोजगारीलगायत स्थानीय सरोकारका विविध विषयमा छलफल गरेका हुन्।

उनका अनुसार कार्यक्रममा स्थानीयवासीले आफ्ना समस्या, सुझाव, अपेक्षा तथा विकासका प्राथमिकताबारे धारणा राखेका थिए। ती सबै विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरणमार्फत समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

सामाजिक सञ्जालमार्फत सांसद साहले जनप्रतिनिधिको पहिलो दायित्व जनताको आवाज सुन्नु, उनीहरूका गुनासा सम्बन्धित निकायसम्म पुर्‍याउनु र समाधानका लागि पहल गर्नु रहेको उल्लेख गरेका छन् ।

उनले कार्यक्रममा सहभागी भई सुझाव, विश्वास र साथ दिएकोमा हरिवनवासीप्रति आभार व्यक्त गर्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताएका छन् ।

साथै देश र जनताको हितका लागि आफ्नो जिम्मेवारीबाट कुनै पनि परिस्थितिमा पछि नहट्ने र नागरिकका समस्या तथा अपेक्षालाई सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि निरन्तर प्रयासरत रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै