भारतीय जेलमा रहेका सर्लाहीका दुई किसान जमानतमा छुट्दै

लालबन्दी । आफ्नै खेतमा प्रयोग गर्नका लागि रासायनिक मल ल्याउन सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका सर्लाहीको बलरा नगरपालिका–५, का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह रिहा भएका छन् ।

भारतस्थित सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतले बुधबार सिंह दाजुभाइलाई जमानतमा छाड्ने आदेश दिएको हो ।

आज उनीहरूलाई त्यहाँका अदालतले छाड्न आदेश दिएको सुरेशप्रसाद सिंहका छोरा अविनाश सिंहले बताए ।

‘उनीहरू यसअघि नै छुट्नेवाला थिए तर त्यहाँका न्यायधीश बिदामा बसेका कारण ढिलो भएको हो, दुवै जनालाई अदालतले जमानतमा छाड्न आदेश दिए पनि भारतकै कुनै व्यक्तिले साक्षी बसे बिहीबार अर्थात् भोलि घर ल्याउन दिन्छ’ अविनाशले बताए ।

सम्बन्धित समाचार

सबै