११९ बोलत लागुऔषधसहित हरिवनबाट भारतीय नागरिक पक्राउ
हरिवन नगरपालिका वडा नम्बर ७ बाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
नगरपालिका वडा नम्बर ७ स्थित साइफन चोकमा हिजो सोमबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट अंकित बीआर ०५ एल ९३०८ नम्बरको मोटरसाइकलको तेलको ट्यांकी र सिटमुनि लुकाएर ल्याएको अवस्थामा हरिवन प्रहरीले winserex नाम गरेको १०० एमएलका ११९ बोतल लागू औषध फेला पारेको हो।
प्रहरीले लागुऔषधसहित भारत सीतामढी थाना बतनाहा वडा नम्बर ७ बस्ने २५ वर्षीय राहुल तिवारीलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका तिवारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।