स्रोत नखुलेको ५१ लाख रुपैयाँभन्दा बढी नगदसहित सर्लाहीमा एकजना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख रुपैयाँभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ।

महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोइरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट कोइरीलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सर्लाहीको भेल्हीबाट बयलबासतर्फ आउँदै गरेको ज. १० प. ८६५२ नम्बरको स्कुटरलाई रोकेर जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो। चालक कोइरीको साथबाट स्रोत नखुलेको जम्मा ५१ लाख ३४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले उल्लेख गरेको छ।

बरामद रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले सो नगद र स्कुटरसहित कोइरीलाई नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै