अझै भेटिएनन् लालबन्दीका जुम्लाहा राम लक्ष्मण

लालबन्दी । भोटेकोशीको बाढीमा परेर सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायणखोला माइस्थानका जुम्ल्याहा दाजुभाइ ‘राम–लक्षुमण’ अझै सम्पर्क आउन सकेका छैनन् ।

मजदुरका लागि भनी अघिल्लो महिना साउनमा रसुवाको टिमुरे गएका जुम्ल्याहा ३४ वर्षीय जयबहादुर गोले र मानबहादुर गोलेसहित सँगै गएकी काकाको छोरी ३६ वर्षीया सुस्मिता भन्ने सुमित्रा गोलेसमेत सम्पर्कविहीन भएका हुन् । उनीहरूको परिवारले तीनै जनाको खोजी गरिदिन माग गर्दै इलाका प्रहरी कार्यालय लालबन्दीमा निवेदन दिएका थिए ।

आर्थिक अवस्था कमजोर रहेको र ठाउँसमेत दुर्गम पर्ने भएकाले कहाँकता जाने भनेर मेलोमेसो नपाउँदा उनीहरूको परिवार बिचल्लीमा छ ।

नारायणखोलाका बाहेक सर्लाहीका अन्य ठाउँका सम्पर्कविहीन व्यक्तिका परिवारका सदस्य तथा आफन्तहरु सम्पर्कविहीन व्यक्तिको अवस्था बुझ्न र खोजी कार्यमा सहयोग गरिदिन आग्रहसहित बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

सम्बन्धित समाचार

सबै