सर्लाहीमा ई–रिक्साको ठक्करबाट वृद्धाको मृत्यु, चालक नियन्त्रणमा

कविलासी । सर्लाहीको कबिलासी नगरपालिकामा ई–रिक्साको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

मलंगवा–नवलपुर सडकखण्ड अन्तर्गत कबिलासी नगरपालिका–८ स्थित कबिलासी बजारमा शनिबार साँझ भएको दुर्घटनामा स्थानीय ६० वर्षीया स्वागबती ठाकुरको मृत्यु भएको हो।

प्रहरीका अनुसार नवलपुरबाट कबिलासीतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ह ०६९७ नम्बरको ई–रिक्साले सडकमा हिँडिरहेकी ठाकुरलाई ठक्कर दिएको थियो। ई-रिक्साको ठक्करबाट उनको दुवै खुट्टामा गम्भीर चोट लागेको थियो।

दुर्घटनालगत्तै घाइते ठाकुरलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो। गम्भीर अवस्थामा रहेकी उनको उपचारकै क्रममा शनिबार साँझ करिब ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ।

दुर्घटनापश्चात् प्रहरीले ई–रिक्सा र त्यसका चालकलाई लालबन्दी नगरपालिका-५, मेजरगञ्ज निवासी ५९ वर्षीय हरिप्रसाद धमलालाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

सम्बन्धित समाचार

सबै